एजेन्सी । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ ।
आइतबार भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै चौंथो जित निकालेको हो ।
जयपुरमा राजस्थानले दिएको १४० रनको लक्ष्य कोलकत्ताले १३ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर गर्यो । कोलकत्ताको जितमा क्रिस लीनले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै सुनिल नारिनेले ४७ रन जोड्दा रोविन उथप्पाले २६ रन जोडे । सुबमन गिल ६ रनमा अविजित रहे । राजस्थानका श्रेयस गोपालले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा ३ विकेट गुमाएर १३९ रन बनाएको थियो । राजस्थानका लागि स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोस बट्लरले ३७ रन जोडे ।
कोलकत्ताका ह्यारी गुर्नेले २ विकेट लिए ।
जितसंगै कोलकत्ता लिगको शीर्ष स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलबाट ८ अंक जोडेको छ । पराजित राजस्थान ५ खेलबाट २ अंक जोडेर सातौं स्थानमा छ ।