एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।
जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा ३ विकेट गुमाएर १३९ बनायो । राजस्थानका लागि स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोस बट्लरले ३७ रन जोडे ।
कोलकत्ताका ह्यारी गुर्नेले २ विकेट लिए ।
कोलकत्ता चौंथो जितको खोजीमा रहेको छ । राजस्थान भने दोस्रो जितको खोजीमा हुनेछ ।