एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई १–० ले पराजित गरेको छ । आईतबार राति भएको खेलमा शीर्ष चार भित्र रहेको लण्डन क्लब एभर्टनसंग स्तब्ध भएको हो ।
एभर्टनलाई जित दिलाउन खेलको १० औ मिनेटमा फिल जगलीकाले निर्णायक गोल गरे ।
एभर्टनले लगातार तीन जित निकाल्ने क्रममा आर्सनललाई स्तब्ध बनाएको हो ।
पहिलो हाफमा कमजोर देखिएको आर्सनलले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको थियो । तर घरेलु टोलीविरुद्व गोल गर्न लण्डन क्लब असफल रह्यो ।
पछिल्लो हारले शीर्ष चार भित्र रहदै लिगको अन्त्य गर्ने आर्सनलको यात्रामा धक्का लागेको छ । यद्वपी लण्डन क्लब ६३ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
एभर्टन ४६ अंक सहित तालिकाको नवौ स्थानमा छ ।