पाँचथर । डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेडले तेस्रो पाँचथर गोल्डकपमा बिजयी सुरुवात गरेको छ ।
आईतबार भएको खेलमा रेडहर्स इलामलाई टाइबेकरमा पराजित गर्दै बिर्तामोडले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
उसले टाईब्रेकरमा इलामको टोलीलाई ५–४ ले हरायो ।
खेलको १० औं मिनेटमा बिर्तामोडका डिकेश लिम्बूले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा इलामका बिरेन्द्र लिम्बूले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
उनले वान भर्सेस वानमा दोस्रो बार च्याप्दै प्रहार गरेको बलले जाली चुमेको थियो ।
टाइब्रेकरमा झापाका योगेश गुरुङ, दिलेन लोक्ताम, बिकि चौधरी, राजकुमार कन्दङवा र निशान्त खड्काले गोल गरेका थिए ।
इलामका मनिष थापा, पूर्ण चेम्जोङ, पासाङ शेर्पा, हरी सिटौलाले गोल गर्दा दर्शन गुरुङको प्रहार बाहिरिएको थियो ।
खेलको म्यान अफ दि म्याच योगेश गुरुङ भए । उनले नगद ५ हजार प्राप्त गरेका थिए ।