एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले अहिले रोयल च्यालेन्जर्स बैंगलोरसंग प्रतिस्पर्धा गरिरहेको छ ।
एम चिन्नास्वामी क्रिकेट स्टेडियममा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले बैंगलोरविरुद्ध बलिङ गरिरहेको छ ।
बैंगलोरविरुद्ध बलिङ गरिरहेका सन्दीपले आफ्नो तेस्रो ओभरमा विकेट लिएका छन् । सन्दीपले मोइन अलीलाई ३२ रनमा आउट गरे । सन्दीपले तेस्रो ओभरमा ११ रन खर्चिएर १ विकेट लिएका हुन् ।
योसंगै सन्दीपले जारी सिजन ४ खेलमा ५ विकेट हात पार्न सफल भएका छन् । सन्दीपले अघिल्ला ३ खेलमा ४ विकेट लिएका थिए ।