एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिडले जित निकालेको छ । शनिबार भएको खेलमा रियलले इबरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सुरुवाती गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो । रियलको जितमा करिम बेन्जिमा नायक बने । खेलमा दुवै गोल बेन्जिमाले गरे । इबरका मार्क कार्डोनाले एक गोल गरे ।
खेलको ३९ औं मिनेटमा कार्डोनाले गोल गर्दै इबरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई खेलमा फर्काए । त्यसपछि खेलको ८१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को महत्वपूर्ण जित दिलाए ।
जितसंगै रियलले ३१ खेलबाट ६० अंक जोडेको छ । रियल लिगको तेस्रो स्थानमा छ । पराजित इबर ३९ अंक जोडेर ११ औं स्थानमा छ ।