एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले किङ्स इलाभेन पन्जाबलाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ ।
एमए चिदामबारम क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो ।
चेन्नईका लागि फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले । प्लेसिसले ५४ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले अविजित ३७ तथा अम्बाती रायाडुले अविजित २१ रन बनाए ।
चेन्नईका शेन वाट्सन २६ रनमा आउट हुँदा सुरेश रैनाले १७ रन बनाए । पन्जाबका रविचन्द्र आश्विनले ३ विकेट लिए ।
आज दुवै टोली चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
दुवै टोलीले अघिल्ला ४ खेलमा एक हार र ३ जित निकालेका थिए ।
तेस्रो स्थानको पन्जाबको ६ अंक छ । चौंथो स्थानको चेन्नईको पनि ६ अंक रहेको छ ।