काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि मलेसियामा आयोजना हुने एसिया छनोट खेल्न नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित १४ सदस्सीय नेपाली टोली शनिबार मलेसिया प्रस्थान गरेको हो ।
नेपाली टोलीलाई शनिबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशब कुमार बिष्ट, राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक जगत टमटा लगायतले विदाई गरे ।
छनोटमा नेपालले रोहित पौडेलको कप्तानीमा प्रतिस्पर्धा गर्ने छन् । अप्रिल १० देखि २० सम्म योजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
नेपालले छनोटका लागि भारतको आन्ध्र प्रदेशमा विशेष प्रशिक्षण गरेको थियो । नेपालले आन्ध्र प्रदेशको यू-१९ टोलीसंग थियो ६ अभ्यास खेल खेलेको थियो ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान)
आसिफ शेख
पवन सर्राफ
सन्दीप जोरा
भिम सार्की
रित गौतम
कमल सिंह ऐरी
राशिद खान
सागर ढकाल
अभिषेक बस्नेत
कुशल मल्ल
हरि चौहान
प्रतिष जिसी
सुर्य तामाङ