एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्डले नियमित कप्तान अस्घर अफगानलाई बर्खास्त गरेको छ । विश्वकप आउनु अघि अफगानिस्तानले कप्तान अफगानलाई बर्खास्त गरेको हो ।
अफगानिस्तानले कप्तान अफगानलाई बर्खास्त गर्दै फरक फरक फर्म्याटका लागि फरक फरक कप्तान चयन गरेका छन् ।
अन्तराष्ट्रिय मिडियाका अनुसार विश्वकपमा गुबदीन नाइबले टोलीको कप्तानी सम्हाल्ने छन् । यस्तै टी-ट्वान्टी क्रिकेटमा राशिद खान र टेस्ट क्रिकेटमा रहमत शाहलाई कप्तानीको जिम्मा लगाइएको छ ।
विश्वकप अघि अफगानिस्तानको यस निर्णयबारे खुलाएको छैन । आगामी मे ३० बाट सुरु हुने विश्वकपमा अफगानिस्तानले पनि सहभागिता जनाउदै छ ।
अफगानिस्तानले गत महिना अफगानको कप्तानीमा आइरल्याण्डविरुद्धको सिरिज कब्जा गरेको थियो ।