काठमाडौं । मलेसियामा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोली भोलि (शनिबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमण शिवाकोटीले नेपाली टोली शनिबार मलेसिया जाने खेलपाटीलाई जानकारी गराए । शिवाकोटीका अनुसार नेपाली टोली अपरान्ह १ बजे मलेसिया प्रस्थान गर्ने छन् ।
छनोटका लागि मुख्य प्रशिक्षक बिनोद दासले रोहित पौडेलको कप्तानीमा मंगलबार नै १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य रोहितले पहिलो पटक नेपाली टोलीको कप्तानी गरेका हुन् ।
नेपालले छनोटका लागि भारतको आन्ध्र प्रदेशमा विशेष प्रशिक्षण गरेका थिए । नेपालले आन्ध्र प्रदेशको यू-१९ टोलीसंग थियो ६ अभ्यास खेल खेलेको थियो ।
अप्रिल १० देखि २० सम्म योजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान)
आसिफ शेख
पवन सर्राफ
सन्दीप जोरा
भिम सार्की
रित गौतम
कमल सिंह ऐरी
राशिद खान
सागर ढकाल
अभिषेक बस्नेत
कुशल मल्ल
हरि चौहान
प्रतिष जिसी
सुर्य तामाङ
वैकल्पिक खेलाडी
रभी कुमार साह
आकाश चन्द
लोकेश बम
शेर मल्ल