काठमाडौं । एएफसी कपको दोस्रो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भारतीय सुपर लिग क्लब चेन्नईयिन एफसीसंग प्रतिस्पर्धा गर्दैछ ।
यहि अप्रिल १७ तारिखमा चेन्नईयिनले घरेलु मैदानमा मनाङलाई आतिथ्यता प्रदान गर्दैछ । जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।
कस्तो टोली हो चेन्नईयिन ?
भारतीय फुटबल फेडेरेसनले सुपर लिगको योजना ल्याएपछि चार बर्ष अगाडी चेन्नईयिनको स्थापना भएको हो । सन् २०१४ बाट फुटबल यात्रा सुरु गरेको चेन्नईयिनका मालिक चर्चित भारतीय बलिउड स्टार अभिषेक बच्चन, भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी र इलेभेन स्पोर्टसकी प्रबन्ध निर्देशक भिता धानी रहेकी छन् ।
चेन्नईयिन भारतीय सुपर लिगमा दुई पटक च्याम्पियन भैसकेको छ । उसले सन् २०१५ र सन् २०१७–१८ को सिजनमा सुपर लिगको उपाधि जितेको थियो । चेन्नईयिनले सन् २०१७–१८ को च्याम्पियनको हैसियतमा एएफसी कपमा सहभागीता जनाउन लागेको हो । भारतीय सुपर लिगबाट चेन्नईयिनले पहिलो पटक एएफसी कप खेल्ने मौका पाएको हो ।
भारतमा अहिले दुई लिग रहेका छन् । चेन्नईयिनले भारतीय सुपर लिगसँगै एएफसी लिग र भारतीय सुपर कप खेल्छ ।
दुई पटकको च्याम्पियन चेन्नईयिनलाई इंग्लिस फुटबलर जोन ग्रेगोरीले हेरिरहेको छन् । चेन्नईयिनले एएफसी कपको पहिलो खेलमा भारतीय आई लिग विजेता मिर्नेभा पंञ्जाबसँग गोलरहित बराबरी खेलेको थियो ।
यस्तै प्रतियोगिताको पहिलो खेलमा नेपालको प्रतिनिधित्व गरेको मनाङले भने बंगलादेशको अवहानी ढाका लिमिटेडसँग १–० ले पराजित भयो ।
यस सिजन हिरो इन्डियन सुपर लिगमा भने चेन्नईयिनले राम्रो नतिजा निकाल्न सकेको छैन । लिगमा १८ खेल सकिदाँसम्म उसको ९ अंक रहेको छ । उसले १३ खेलमा हार २ खेलमा जित निकाल्दा ३ खेलमा बराबरी खेलका छन् ।
चेन्नईयिनलाई यसपटक गोलकिपरमा करन्जित सिंह, डिफेन्डरमा ब्राजिलका खेलाडी मेलसन अल्भेस, एलि सविया, अष्ट्रेलियाका क्रिस हेर्ड जस्ता खेलाडीको साथ रहेको छ ।
यस्तै स्ट्राइकरमा भारतीय राष्ट्रिय टिमबाट खेलिसकेको जेजे लाल्पेखुलुवा, सिके भीनिथको साथमा प्यालेस्टाइनका कार्लोस सोलोम छन् ।
मुख्य खेलाडीहरु :
कार्लाेस सलोम –
स्ट्राइकर ३१ वर्षिय यी स्ट्राइकर प्यालेस्टाइनी नागरिक हुन् । चेन्नईयिनको जर्सी नम्बर ८ मा देखिने कार्लोसले १८ मध्य ११ खेल खेलेका छन् । ६५२ मिनेट मैदानमा रहेका उनले १ गोल गरेका छन् ।
अनिरुध थापा– मिडफिल्डर सन् २०१६ को हिरो सुपर लिगमा गोवाविरुद्ध उत्कृष्ट गोल गरेपछि चर्चामा आएको नाम हो अनिरुध थापा । २१ वर्षीया उनले त्यसअघिको हिरो लिगमा कमै मौका पाउथे । तर, यस सिजन चेन्नईयिनको मिडलाइन समाल्ने सम्पुर्ण उनलाई दिइएको छ ।
चेन्नईयिनको लागि १५ नम्बरको जर्सी लगाउने थापाले यस सिजन १८ खेलमा एक एसिस्ट गरेका छन् । मध्येभागमा बल नियन्त्रण गर्ने र गोलको लागि पास निकाल्न उनी खप्पिस छन् ।
सिके भीनिथ –
स्ट्राइकर भिनीथ चेन्नईयिनको लागि यस सिजन नयाँ खेलाडीका रुपमा लोनमा आएका हुन् । यस अघि उनी एफसी गोवाबाट खेल्थे । चेन्नईयिनका लागि उनले १६ खेलमा ३ गोल गरेका छन् । हिरो सुपर लिगमा गोवा एफसीबाट उनले ११ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।
चेन्नईयिनको टिम :
जेजे लाल्पेखुलुवा, कार्लाेस सलोम, राफेल अगुस्टो , मेलसन अल्भेस , करन्जित सिंह , ग्रेगोरी नेल्सन , धनपाल गणेश , जेरी ललरिनजुआल, अनिरुध थापा , थोइ सिंह , सिके भीनिथ, मोहमद रफी , फ्रान्सिस फर्नान्डेज, गेर्मनप्रीत सिंह, एलि सविया, जोहमिंगलियाना राल्टे, क्रिस हेर्ड , संजिवन घोष , टोदोबा सिंह , निखिल बर्नार्ड , हेण्ड्रि एन्थनी , हलिचरण नार्जेरि, सनिवसन पाण्डेयन, आइमोल रेएमसोचुन