एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा खेलाडीको एजेण्टले पाउने रकममा भारी वृद्धि भएको छ ।
ट्रान्सफर मार्केटले निकालेको तथ्यांक अनुसार प्रिमियर लिगमा खेलाडी मिलाएबापत एजेण्टले पाउने रकममा वृद्धि भएको देखिएको छ ।
तथ्यांक अनुसार प्रिमियर लिग क्लबले एजेण्टका लागि सन् २०१८/१९ को सिजन २६० मिलियन पाउण्ड खर्च गरेको छ । जुन रकम अघिल्लो सिजनको भन्दा ४९ मिलियन पाउण्ड बढी हो ।
सन् २०१८ फेब्रुवरी देखि ३१ जनवरी २०१९ सम्म प्रिमियर लिग क्लब लिभरपुलले सर्वाधिक ४३ मिलियन पाउण्ड एजेण्टका लागि खर्च गरेको छ ।
यस्तै चेल्सीले २६ मिलियन पाउण्ड खर्च गर्दा म्यानचेस्टर सिटीले २४ मिलियन पाउण्ड खर्च गरेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडले २० मिलियन पाउण्ड खर्चदा आर्सनल र टोटेनहमले समान ११/११ मिलियन पाउण्ड खर्च गरेको छ ।