एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्समा रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो चौंथो ओभरमा विकेट लिएका छन् ।
फिरोज कोट्ला स्टेडियममा सनराइजर्स हैदरावादविरुद्ध सन्दीपले चौंथो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । उनले दिपक होडालाई १० रनमा पेभेलियन फर्काए । सन्दीपले अन्तिम ओभरमा ८ रन खर्चिएर विकेट लिएका हुन् ।
योसंगै सन्दीपले हैदरावादविरुद्ध मध्यम प्रदर्शन गरेका छन् । सन्दीपले आफ्नो तेस्रो खेलमा ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिए ।
यसअघि सन्दीपले तेस्रो ओभरमा ५ रन खर्चिएका थिए । यस्तै सन्दीपले दोस्रो ओभरमा १३ रन खर्चदा पहिलो ओभरमा ६ रन खर्चिएका थिए ।
योसंगै सन्दीपले यस सिजनको ३ खेलमा ४ विकेट लिन सफल भएका छन् ।