एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई जितको लागि १३० रनको लक्ष्य दिएको छ ।
फिरोज कोट्ला स्टेडियममा टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनायो । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४३ रन जोडे ।
यस्तै दिल्लीका लागि अक्षर पटेलले अविजित २३ रन जोड्दा क्रिस मोरिसले १७ रन जोडे । शिखर धवन १२ रनमा आउट हुँदा पृथ्वी शले ११ रन जोडे ।
हैदरावादका भुवनेश्वर कुमार, मोहमद नाबी सिद्धार्थ कउलले २/२ विकेट लिए ।
आज दुवै टोली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
दिल्लीले ४ खेलमा २ जित निकालेको छ । हैदारावादले २ जित निकालेको छ ।
पाँचौ स्थानको दिल्लीको ४ अंक छ । तेस्रो स्थानको हैदरावादको पनि ४ अंक रहेको छ ।