काठमाडौं । दुहबीमा जारी तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकपको उपाधिका लागि क्यामरुनको दाउफिन्स र विभागीय त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा दाउफिन्स विजयी भएसँगै फाइलन खेल्ने टिमको टुंगो लागेको हो ।
फाइलन खेल शनिबार हुनेछ ।
प्रतियोगिताको दोस्रो सेमिफाइलनमा दाउफिन्सले मेचि नेत्रालय टे«निङ सेन्टरलाई ३–० गोलले पराजित गरेको हो । दाउफिन्सको तीनै गोल पहिलो हाफमा भएको थियो । दाउफिन्सको जितमा पेटेङ्गा, टिना र ओनगुविनले समान एक एक गोल गरे ।
खेलको म्यान अफ दि म्यान ओनगुविन भए । उनले १० हजार प्राप्त गरे । प्रतियोगितको विजेताले ६ लाख पाउने छ भने उपविजेताले ३ लाख पाउनेछ ।