एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदान जिदानले आफ्ना खेलाडीलाई प्रेरणाको अभाव देखिएको बताएका छन् ।
स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भ्यालेन्सियासंग पराजित भएपछि प्रशिक्षक जिदानले भ्यालेन्सियाविरुद्ध खेलाडीलाई उत्प्रेरित गर्न नसकेको बताए । भ्यालेन्सियाको मैदानमा रियल २-१ गोल अन्तरले पराजित भएको थियो ।
'सायद यस खेलमा उत्प्रेरणाको कमि रह्यो । यो सत्य हो,' जिदानले भने, 'तर, यो सबै परीक्षा हैन । किनकि यी व्यक्तिहरु रियल मड्रिडका खेलाडीहरु हुन् । हामी एक जटिल पलमा जान्छौ हामीले खराब क्षणमा बाँच्नुपर्छ यसले केही परिर्वतन गर्दैन ।’
भ्यालेन्सियासंगको हारले रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १३ अंकले पछि परेको छ । तेस्रो स्थानको रियल ५७ अंक छ ।
यस्तै प्रशिक्षक जिदानले टिमको सन्तुलन मिलाउन तयारी गरिरहेको समेत बताए ।