काठमाडौं । फिफा वरियतामा नेपाल यथावत रहन सफल भएको । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेको हो ।
नयाँ वरियता अनुसार यथावत रहेको नेपाल १ सय ६१ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो ।
नेपालले हालै कुवेतसंग २ मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा हार र एक खेलमा बराबरी गरेको थियो ।
दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं स्थानमा र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ ।
नेपाल भन्दा तल रहेको भुटान १ सय ८६ औं, बंगलादेश १ सय ८८ औं, पाकिस्तान २ सय र श्रीलंका २ सय २ स्थानमा रहेको छ ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, ईङ्ल्याण्ड, क्रोएसिया पाँचौ स्थानमा रहेको छ ।
छैटौ स्थानमा उरुग्वे, सातौं पोर्चुगल, आठौ स्थानमा स्विटजरल्याण्ड, नवौ स्थानमा स्पेन र दशौँ स्थानमा डेनमार्क रहेको छ ।