एजेन्सी । ब्राजिलियन फुटबल लिजेण्ड पेले अस्पताल भर्ना भएका छन् ।
पिसाबसम्बन्धि समस्या देखिएपछि पेले बुधबार फ्रान्सको पेरिसस्थित एक अस्पतालमा भर्ना भएको सिएनएनले जनाएको छ ।
‘द ब्लाक पर्ल’ ले चिनिने ७८ वर्षीय पेलेको युरिनरी इन्फेक्सन भएको पेलेका प्रवक्तालाई उदृत गर्दै सिएनएनले समचार लेखेको छ । पेले दुई दिन भित्रमा अस्पतालबाट डिस्चार्ज हुने बताईएको छ ।
पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेको एक कार्यक्रममा सहभागी फ्रान्स पुगेका थिए ।
पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि दिलाएका थिए ।