एजेन्सी । कुनै बेला क्रिकेट खेल जेन्टलमेनले खेल्ने खेल भनेर चिनिन्थ्यो । खेलाडीहरु अनुशासनमा रहेर सभ्य क्रिकेट खेल्ने गर्थे ।
तर, अहिलेको क्रिकेट खेल ठिक विपरित भएको छ । अहिले उक्त कुराको कुनै अस्तित्व नै छैन ।
अहिलेको क्रिकेट हेर्दा लाग्छ खेलाडीहरु बदला लिन कोशिश गरिरहेका छन् । विपक्षि खेलाडीलाई जिस्काउने, चिढ्याउने जस्ता काम त सामान्य भईसकेको छ ।
अहिले खेलाडीहरु खेल जितको लागि मात्रै खेल्ने गरेका छन् । जसरी हुन्छ खेल जित्नु खेलाडीको एक मात्र उदेश्य हुन्छ ।
खेलका दौरान विभिन्न देश र क्लबका खेलाडीबीच मनमुटाब हुने गरेको पाइन्छ । कतिपय घटनाले उग्र रुप नै लिने गरेको पाइन्छ ।
तर, केहि यस्ता घटना छन् जहाँ खेलको दौरान आफ्नै देशका खेलाडीबीच कुटाकुटको स्थिति भएको छ । एकै जर्सी र एकै झन्डामुनि रहेर पनि उनीहरु मैदानमा भिड्ने गरेका छन् ।
खेलको दौरान आफ्नै टिमका दुई खेलाडीबीच भएको मनमुटाबको पाँच घटना :
१. विराट कोहली र गौतम गम्भीर (भारत)
यस घटना सन् २०१३ को इण्डियन प्रिमियर लिग (आईपीएल) को हो । रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाईट राइडर्सबीच खेल चलिरहेको बेला विराट कोहली र गौतम गम्भीरको जुहारी चल्यो ।
कोहली स्वीपर कभरमा क्याच आउट भए र कोलकत्ताका कप्तान गम्भीर सबै खेलाडीसंगै मैदानको मध्ये भागमा सेलिब्रेट गरिरहेका थिए ।
मैदान बाहिर लम्कदै गर्दा विराटले विपक्षि खेलाडीलाई अपशब्द बोले । जसको कारण गम्भीर रिसले चुर हुँदै विराटतर्फ लम्किए । विराट भने पछाडी नफर्की अघि नै बढी रहे । उक्त घटना बढाउनुमा रजत भाटियाको भूमिका थियो । किनकि उनले खेलाडीलाई रोक्नुको सट्टा अझ भड्काईरहेका थिए ।
खेल सकिएपछी दुवै खेलाडीले हात मिलाउँदै पत्रकार सामु घटनाको ढाकछोप गर्न खोजेका थिए । तर, उक्त घटनाले यी खेलाडीबीच अझै राम्रो सम्बन्ध रहन सकेको छैन ।
२. अहमद साहजाद र वाहब रियाज (पाकिस्तान)
वाहब रियाज निकै आक्रोशित तथा उत्साहित खेलाडी हुन् । मैदानमा रियाजको आक्रामक खेलसंगै व्यवहार पनि आक्रामक हुने गर्छ ।
पाकिस्तान सुपर लिग अन्तर्गत क्वेटा ग्ल्याडियटर्स र पेश्वरा जाल्मीबीचको खेलमा रियाजले साहजादलाई आउट पारेपछि रियाजले साहजादलाई अपशब्द बोलेका थिए । रियाजले साहजादलाई धकेल्दै दुर्व्यवहार गरेका थिए ।
उक्त घटनापछि दुवै टिमका खेलाडी र अम्पाएरहरु उनीहरु भएको ठाउमा आएर दुई खेलाडीलाई मिलाएका थिए ।
त्यसअघि रियाजको अघिल्लो बलमा छक्का प्रहार गरेका साहजादले आफ्नो ब्याट उठाउँदै रियाजतर्फ तेर्स्याएका थिए । जसको कारण रियाज साहजादसंग रिसाएका थिए ।
उक्त खेल पछि दुवै खेलाडीलाई अनुशासन भङ गरेको भन्दै पाकिस्तान क्रिकेट बोर्डले जरिवाना गरेको थियो ।
३. अम्बाती रायडु र हर्बजन सिंह (भारत)
यस घटना सन् २०१६ को आईपीएलमा घटेको थियो । उक्त घटना मुम्बई इण्डियन्स र पुने सुपरजाइण्ट्सको खेलमा घटेको थियो ।
पुनेविरुद्धको खेलमा भेट्रान स्पिनर हर्बजनको बलमा मध्ये क्रमका ब्याट्सम्यान रायडुले क्याचको लागि राम्रो प्रयास नगरेको भन्दै हर्बजनले असन्तुष्ट जनाएका थिए । त्यसपछि खेलकै क्रममा दुवै खेलाडी आक्रोशित देखिएका थिए ।
त्यहि क्रममा सिनियर खेलाडीको नाताले हर्बजनले रायडुलाई सम्झाउँदै उनको काँधमा हात चढाएका थिए । तर, रायडुले हर्बजनको हात फ्यालिदिएको थिए । खेलको अन्त्यमा दुवै मिलेको जस्तो देखिएपनि रायडुले सामाजिक संजालमा आक्रोश पोखेका थिए ।
४. सुरेश रैना र रविन्द्र जडेजा (भारत)
विश्वका उत्कृष्ट खेलाडी मध्येका एक सुरेश रैनाले सन् २०१३/२०१४ मा वेष्ट इण्डिज भ्रमणको दौरान केहि महत्वपूर्ण क्याचहरु छाडेका थिए ।
खेलको दौरान जब रविन्द्र जडेजाले वेष्ट इण्डिजका सुनिल नारिनेलाई आउट गरे र रैनातर्फ लम्किए । जडेजाले रैनालाई केहि शब्द बोल्दै चिसोपन महसुस गराए । जसको कारण दुई खेलाडीबीच हात हालाहालको स्थिति नै सिर्जना भएको भएको थियो ।
तर, खेल सकिएपछि भने दुवै खेलाडी संगै मैदान बाहिर निस्कदै राम्रो सन्देश दिएका थिए । र, अहिले यी दुई खेलाडी आईपीएलमा एकै टिमबाट खेलिरहेका छन् ।
५. इशान्त शर्मा र रविन्द्र जडेजा (भारत)
यस घटना सन् २०१८ को अष्ट्रेलिया भ्रमणको दौरान घटेको हो । टेष्ट खेलको चौथो दिनमा इशान्त शर्मा र रविन्द्र जडेजाबीच केहि घृणित वार्ता भएको थियो ।
दुवै खेलाडीले एक अर्कालाई औंला ठडाउदै कुरा गरिरहेका थिए । तर, कुलदिप यादब र मोहमद शामीले दुवै खेलाडीलाई साम्य पारेका थिए ।
उक्त घटनाको सत्यता अहिलेसम्म खुलाईएको छैन । तर, शर्मा परिवर्तित खेलाडी जडेजाको फिल्डिङबाट सन्तुष्ट थिएनन् ।