एजेन्सी । वायर्न म्युनिख जर्मन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा दोस्रो डिभिजनको क्लब हेईडेनहिमलाई ५-४ गोल अन्तरले पराजित गर्दै वायर्न क्वाटरफाइनलमा पुगेको हो ।
रोमान्चक बनेको खेलमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै लियोन गोर्टेज्का, थोमस मुलर र सेर्गीले एक एक गोल गरे ।
हेईडेनहिमका रोबर्ट ग्लाटजेटले ह्याट्रिक गरे । यस्तै मार्कले एक गोल थपे ।
खेलको १५ औं मिनेटमा निकलस सुलेले रातो कार्ड पाएपनि वायर्न पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।