एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले शीर्ष स्थानको चेन्नई सुपर किङ्गसलाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ ।
मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १७० रन बनाएको छ ।
मुम्बईका लागि सुर्य कुमार यादवले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुर्नल पाण्डयले ४२ रन जोड्दा हार्दिक पाण्डयले अविजित २५ रन बनाए ।
चेन्नईका दिपक चाहर, रोहित शर्मा,इमरान ताहिर,रविन्द्र जडेजा र ड्याने ब्राभोले समान एक एक विकेट लिए ।
जारी लिगमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई एक मात्र अपराजित टोली हो । शीर्ष स्थानको चेन्नईले ३ खेलबाट ६ अंक जोडेको छ ।
यता, रोहित शर्माको कप्तानीमा रहेको मुम्बई ३ खेलमा २ खेल गुमाएर २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
पछिल्लो पाँच खेलको नतिजा हेर्दा चेन्नईविरुद्ध मुम्बई बलियो देखिएको छ । चेन्नईविरुद्ध मुम्बईले ४ खेलमा जित निकाल्दा एक खेल मात्र गुमाएको छ ।