काठमाडौं । भारतले म्यानमारमा जारी ओलम्पिक छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा भारतले इन्डोनेसियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
भारतलाई जित दिलाउन दाङमेइ ग्रेसले दुई गोल गरिन । उनले खेलको २७ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । त्यसपछि खेलको ६७ औं मिनेटमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २-० को जित दिलाए ।
जितसंगै भारतले समुह चरणको पहिलो खेलमा ३ अंक जोड्न सफल भएको छ । अब भारतले चैत्र २३ गते नेपालसंग खेल्नेछ ।