काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
दुहबीमा बुधबार भएको पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
आर्मीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । कप्तान भरत खवासले खेलको ५१ औं मिनेटमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । यस्तै खेलको ७५ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई २-० को महत्वपुर्ण जित दिलाए ।
खेलको म्यान अफ दि म्याच आर्मीका कप्तान भरत चुनिए । उनले १० हजार प्राप्त गरे ।
अब आर्मीले उपाधिका लागि क्यामरुनको दाउफिन्स र मेचि नेत्रालय ट्रेनिङ सेन्टरबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ६ लाख पाउने छ भने उपविजेताले ३ लाख पाउनेछ । फाइनल खेल शनिबार हुनेछ ।