काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले म्यानमारसंग प्रतिस्पर्धा गरिरहेको छ । म्यानमारको घरेलु मैदानमा पहिलो हाफको खेल सकिदाँ नेपालले १–१ गोलको बराबरी खेलेको छ ।
खेलको २३ औ मिनेटमा म्यानमारले गोल गर्दै खेलमा अग्रता बनायो । यि यि ओले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन् ।
पहिलो हाफको ईन्जुरी समयमा नेपालले गोल गर्दै खेलमा फर्किएको हो ।
ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो ।
यस्तै भारतले आयोजना गरेको हिरो गोल्डकपमा नेपालले समुह चरणमा म्यानमारसँग ३–० को हार व्यहोरेको थियो । म्यानमारसंगको फाइनलमा खेल नेपालले ३–१ ले गुमाएको थियो ।
फिफा वरियतामा नेपाल १०३ स्थानमा रहेको छ । म्यानमार ४४ स्थानमा छ ।
नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत्र २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ ।
म्यानमारमा कार्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बंगलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।
साफ च्याम्पियनसिपमा मात्रै सिमित नेपाली महिला टिम पहिलो पटक ओलम्पिक छनोट खेलेको हो ।