काठमाडौं । एएफसी कप अन्तर्गत समूह 'ई' को समूह चरणको पहिलो खेलमा अहिले नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेडबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मनाङविरुद्ध अबहानी १-० गोल अन्तरले अघि रहेको छ । मासिया साईघानीले २७ औं मिनेटमा हेड गोल गर्दै अबहानीलाई अग्रता दिलाए ।
त्यसअघि बल पोजिसनमा पकड जमाएपनि मनाङले गोल गर्न सकेन् । खेलको सुरुवातमै मनाङले केहि उत्कृष्ट आक्रमण गरेको थियो । खेलको छैटौं मिनेटमा विशाल राईको प्रहार अबहानीका किपर साहीदुल आलमले बचाए ।
यस्तै १३ औं मिनेटमा अन्जन बिष्टको प्रहार पनि अबहानीका किपर आलमले बचाए ।
मनाङले होम खेलको रुपमा अबहानीसंग खेलिरहेको हो ।