काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज (बुधबार) म्यानमारसंग प्रतिस्पर्धा गर्दैछ ।
म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार सवाँ ५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्व उत्रदै गर्दा नेपाली टिमले कम्तीमा बराबरीको नतिजा अपेक्षा गरेको छ ।
प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजा निकाल्ने बताईसकेका छन् ।
बलियो टोली म्यानमारलाई रोक्ने नेपालले उच्च प्रदर्शन गर्नु पर्ने हुन्छ । जसको लागि नेपालले मजबुद प्लेईङ सेट बनाउने छ ।
मुख्य प्रशिक्षक हरि खड्काले म्यानमारविरुद्ध साफ च्याम्पियनसिपको फाइनल खेलेको टोलीलाई मैदान उतार्ने सम्भावना छ ।
नेपाल नियमित कप्तान निरु थापाको कप्तानीमै मैदान उत्रने छन् ।
साफको फाइनल खेलेको नेपाली टोलीको सबै खेलाडी फिट रहेको कारण पहिलो खेलमा खेलाडी परिवर्तन गर्ने सम्भावना कम रहेको छ । तर, साफको फाइनलमा नेपाल भारतसंग पराजित भएको थियो ।
नेपालको सम्भावित प्लेईङ सेट :
गोलकिपर : एन्जिला सुब्बा तुम्बाप्पो
डिफेन्डर : हिरा भुजेल, गिता राना, पुनम जर्घामगर , मनमाया लिम्बु
मिडफिल्डर : मञ्जली कुमारी योञ्जन, रोनुका नगरकोटी, दिपा राई, अनिता बस्नेत
फरवार्ड : सावित्रा भण्डारी, निरु थापा (कप्तान)