एजेन्सी । ईटालियन सिरि ए फुटबलको पछिल्लो खेलमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा उसले काग्लीयारीलाई २–० गोल अन्तरले हराएको हो ।
पछिल्लो जितले युभेन्ट्सले दोस्रो स्थानको नापोलीसंग तालिकामा १८ अंकको अग्रता लिएको छ ।
उसलाई लिग उपाधिका लागि मात्र १० अंकको आवश्यकता छ ।
२२ औ मनिेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । मोईस केनले ८५ औ मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।
तर युभेन्ट्सको जित रंगभेदी ब्यवहारको कारण छायाँमा प¥यो । दोस्रो गोल गरेका केननै त्यसको सिकार बने । गोल लगत्तै उनले मनाएको सेलिब्रेसन विवादमा परेको थियो ।
शीर्ष स्थानको युभेन्ट्सले ३० खेलबाट ८१ अंक जोडेको छ । काग्लीयारी ३३ अंक सहित १३ औ स्थानमा छ ।