एजेन्सी । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बार्सिलोना हारबाट जोगिएको छ । मंगलबार राति भएको खेलमा बार्साले भिल्ला रियलसंग ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
पछिल्लो नतिजाले शीर्ष स्थानको बार्सिलोनाको ७० अंक भएको छ । रेलिगेशनबाट जोगिन संघर्षरत भिल्ला रियल ३० अंक सहित तालिकाको १७ औ स्थानमा छ ।
बार्साका फिलिप काउटिन्होले १२ औ मिनेटमा गाेल गर्दै पाहुना टाेलीलाइ सुरुवाती अग्रता दिलाएका थिए । माल्कोमले १६ औ मिनेटमा बार्सिलोनाकाे अग्रता दाेब्बर पारे ।
२३ औ मिनेटमा स्यामुयल चुकवाजाईले गोल गर्दै घरेलु टोलीले २–१ को स्थितीमा ल्याए ।
कार्ल टोको इकाम्बीले ५० औ मिनेटमा भिल्ला रियलका लागि बराबरी गाेल फर्काए ।
५० औ मिनेटमा भिसेन्ट इबोरा र ८० औ मिनेटमा कार्लोस बाकाले गोल गर्दै भिल्ला रियललाई ४–२ को अग्रता दिलाए । त्यसपछि लियोनल मेस्सी र लुईस स्वारेजले गोल गर्दै बार्सालाई हारबाट जोगाए ।
खेलको अन्तिम मिनेटमा मेस्सीले गोल गर्दै बार्सालाई ३–१ को स्थितीमा ल्याए । स्वारेजले ईन्जुरी समयमा गोल गर्दै बार्सालाई हारबाट जोगाएका थिए ।
बार्साले दोस्रो स्थानको एट्लेटिको मड्रिडसंग ८ अंकको अग्रता लिएको छ । उसले अर्को हप्ता क्याप नेउमा एट्लेटिकोसंग लिगको महत्वपुर्ण म्याच खेल्दैछ ।