एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले म्यानचेष्टर युनाईटेडले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा उल्भ्सले घरेलु मैदानमा म्यान युलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
नतिजाले म्यान यु तालिकाको तेस्रो स्थानमा पुग्ने मौका गुमाएको छ ।
स्काट टोमिनाईले १३ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । डिएगो जोटाले २५ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
५७ औ मिनेटमा पाहुना टोलीका कप्तान एस्ले योङ दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि म्यान यु १० खेलाडीमा सिमित बनेको थियो ।
म्यान युनाईटेडका क्रिस स्मलिङले ७७ औ मिनेटमा आत्मघाति गोल गरेपछि खेल उल्भ्सको पक्षमा गएको थियो ।
पछिल्लो हारले शीर्ष चार भित्र रहदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने म्यान युनाईटेडको लक्ष्यमा धक्का लागेको छ ।
ओले गुनर सोल्सायर म्यान युको स्थायी प्रशिक्षकमा नियुक्त भएपछि पहिलो हार ब्यहोरेका हुन् ।
म्यान यु ६१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । उल्भ्स ४७ अंक सहित तालिकाको सातौ स्थानमा छ ।