एजेन्सी । राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो ।
जयपुरमा बैंगलोरले दिएको १५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
राजस्थानको जितमा जोस बट्लरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै स्टिभ स्मिथले ३८ रन जोड्दा कप्तान अजिंका रहानेले २२ रन बनाए । राहुल त्रिपाठी ३४ रनमा अविजित रहे ।
बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ गुमाएर १५८ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै मार्कुस स्टोनिसले अविजित ३१ रन जोड्दा कप्तान विराट कोहलीले २३ रन बनाए । मोइन अली १८ रनमा अविजित रहे भने एबी डी भिलियर्सले १३ रन जोडे । राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए ।
जितसंगै राजस्थानले ४ खेलपछि पहिलो अंक जोडेको छ । छैटौं स्थानको राजस्थानले ४ खेलबाट २ अंक जोडेको छ । राजस्थानले यस अघिका ३ खेलमा भने लगातार हार व्यहोरेको थियो ।
बैंगलोरको भने यो लगातार चौंथो हार हो । चार खेलमा चार हार व्यहोरेको बैंगलोर लिगको पुछारमा रहेको छ । बैंगलोरले अंक जोड्न सकेको छैन ।