एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (मंगलबार) राति दुई खेल हुनेछ । म्यानचेष्टर युनाईटेडले उल्भ्स तथा वाटफोर्डले फुल्हमसंग प्रतिस्पर्धा गर्दैछन् ।
उल्भ्सको मैदानमा उत्रदै गर्दा म्यान युनाईटेडको नजर शीर्ष चारको दौडमा आफुलाई बलियो बनाउनु हुनेछ । टोटेनहम जस्तै ६१ अंक भएपनि म्यान युनाईटेड तालिकाको पाँचौ स्थानमा छ । घरेलु मैदानमा उल्भ्सका सेन्टर डिफेन्डर रायल वेननेट दुई खेलको निलम्बनपछि मैदान फर्कदै छन् ।
राउल जिमेनेज र म्याट डोहर्टीले घरेलु मैदानमा सुरुवाती सेटमा पर्ने अपेक्षा गरिएको छ ।
एन्टोनी मार्सियल अनुपस्थित भएपनि रोमेलु लुकाकु र भिक्टर लिन्डीलोफको साथले प्रशिक्षक ओले गुनर सोल्सायरलाई राहत दिनेछ ।
उनले भने, ‘पछिल्लो समय एफ ए कपमा हामीले उनीहरुविरुद्व राम्रो खेल्न सकेनौ । यो फरक खालको खेल हो । अवसर सिर्जना गर्दै गोल निकाल्नुनै मुख्य उद्वेश्य हुनेछ ।’
घरेलु टोली उल्भ्सका प्रशिक्षक नुनो एस्पिरिटो स्यान्टोले भने, ‘एफ ए कपमा जित निकाल्नु निकै उद्भुत क्षण थियो । तर मंगलबार निकै फरक हुनेछ ।’
‘हामी चुनौती दिनेछौ । हामी निकै परिपक्क छौ । हामी फेरी उनीहरुलाई हराउन सक्छौ । किनकी हामी त्यसका लागि तयार छौ ।’ उनले थपे ।
आजै राति हुने अर्को खेलमा फुल्हम भने वाटफोर्डको भ्रमणमा निस्कनेछ ।