काठमाडौं । मलेसियामा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक बिनोद दासले रोहित पौडेलको कप्तानीमा मंगलबार १४ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।
नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य रोहितले पहिलो पटक नेपाली टोलीको कप्तानी गरेका हुन् ।
भारत भ्रमणमा रहेको १८ सदस्सीय टोलीबाट प्रशिक्षक दासले ४ वैकल्पिकसहित नेपाली टोलीको घोषणा गरेका हुन् । विशेष प्रशिक्षणका लागि नेपाली टोलीले भारतको आन्ध्र प्रदेश भ्रमण गरेको थियो । नेपालले आन्ध्र प्रदेशको यू-१९ टोलीसंग थियो ६ अभ्यास खेल समेत खेलेको थियो ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान)
आसिफ शेख
पवन सर्राफ
सन्दीप जोरा
भिम सार्की
रित गौतम
कमल सिंह ऐरी
राशिद खान
सागर ढकाल
अभिषेक बस्नेत
कुशल मल्ल
हरि चौहान
प्रतिष जिसी
सुर्य तामाङ
वैकल्पिक खेलाडी
रभी कुमार साह
आकाश चन्द
लोकेश बम
शेर मल्ल