काठमाडौं । नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबलका लागि घरेलु मैदानमा प्रयोग गर्ने 'होम जर्सी' सार्वजनिक गरेको छ ।
मनाङको जर्सी अन्तराष्ट्रिय खेल सामाग्री कम्पनी केल्मीले उत्पादन गरेको हो । जर्सी तथा खेल सामग्रीको लागि मनाङले यसअघि नै केल्मीसंग तीन बर्षको प्रायोजन सम्झौता गरिसकेको छ ।
मनाङको होम जर्सी पुरानै ट्रेडमार्क रंग सेतो र आकाशे रंगको रहेको छ ।
समूह 'इ' मा रहेको मनाङले पहिलो खेलमा बुधबार बंगलादेशी लिग विजेता ढाका अबहानी लिमिटेडसंग खेल्दैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
मनाङले अबहानीसंग अवे खेल भने ढाकास्थित बंगबन्धु स्टेडियममा आगामी जुन १९ मा खेल्नेछ ।