एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपालका सन्दीप लामिछानेले किङ्गस इलाभेन पन्जाबविरुद्ध उत्कृष्ट प्रर्दशनलाई कायम राखेका छन् ।
दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेलिरहेका सन्दीपले आफ्नो चौथो ओभरमा विकेट लिन सफल भएका छन् । सन्दीपले चौथो ओभरको पाँचौ बलमा उत्कृष्ट ब्याटिङ गरिरहेका सर्फराज खानलाई ३९ रनमा आउट गरे ।
सन्दीपले चौथो ओभरमा ४ रन खर्चिएर १ विकेट लिए ।
यसअघि सन्दीपले पहिलो ओभरमा विकेट लिन सफल भएका थिए । सन्दीपले साम करणलाई २० रनमा एल्बिडब्ल्यु आउट गरे । सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चिएर १ विकेट लिए ।
दोस्रो ओभरमा पनि उनले उत्कृष्ट बलिङ गरे । दोस्रो ओभरमा सन्दीपले मात्र ४ रन खर्चिए । तर, विकेट लिन भने सकेनन् ।
सन्दीपले पहिलो खेल कोलकत्ता नाइट राइडर्सविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिएका थिए ।