एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किङ्गस इलाभेन पन्जाबविरुद्ध नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनलाई कायम राखेका छन् ।
दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेलिरहेका सन्दीपले आफ्नो तेस्रो ओभरमा १० रन खर्चिएका छन् ।सन्दीपको तेस्रो ओभरको अन्तिम बलमा डेभिड मिल्लरले छक्का प्रहार गरे ।
सन्दीपले दोस्रो ओभरमा मात्र ४ रन खर्चिएका थिए ।
यसअघि सन्दीपले पहिलो ओभरमा विकेट लिन सफल भएका थिए । सन्दीपले साम करणलाई २० रनमा एल्बिडब्ल्यु आउट गरे ।
सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चिएर १ विकेट लिए ।
सन्दीपले पहिलो खेल कोलकत्ता नाइट राइडर्सविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिएका थिए ।