एजेन्सी । क्याथोलिक इसाई धर्मावलम्बीका धर्मगुरु पोप फ्रान्सिसले बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई ईश्वरसंग तुलना गर्न नमिल्ने बताएका छन् ।
स्पेनका एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै धर्मगुरु फ्रान्सिसले बार्सिलोनाका कप्तान मेस्सी उत्कृष्ट खेलाडी रहेको तर भगवान नभएको बताए ।
टेलिभिजनका प्रस्तोता जोर्डी इवोलेले के मेस्सी भगवान हो भनेर सोधेको प्रश्नमा धर्मगुरु फ्रान्सिसले भने, 'सिदान्तमा यो विश्वास हो। तपाई यो भन्न सक्नु हुन्न । र, म विश्वास गर्दिन।'
पाँच पटकको बालोन डी'ओर विजेता मेस्सी बार्सिलोनाबाट ६७५ खेलमा ५९३ गोल र २३८ पटक गोलका लागि पास उपलब्ध गराईसकेका छन् ।
अर्जेन्टिनाका मेस्सीले बार्सिलोनाबाट ४ पटक च्याम्पियन्स लिगको उपाधि समेत हात पारेका छन् । उमेर बढ्दै गएपनि मेस्सीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेस्सीकै उच्च प्रदर्शनले बार्सिलोनाले च्याम्पियन्स लिग, ला लिगा लगायतका धेरै ट्रफी उचालेको छ ।
जसको कारण मेस्सीका समर्थकहरुले मेस्सीलाई भगवान मान्ने गरेका छन् । तर, ला सेक्स्टा कार्यक्रममा धर्मगुरु फ्रान्सिसले मेस्सीलाई उनका समर्थकहरुले भगवानको रुपमा लिने गरेपनि मेस्सी वास्तविक भगवान नभएको बताए ।
'मानिसहरूले भन्न सक्छन् कि उहाँ परमेश्वर हुनुहुन्छ । किनकि तिनीहरूले भन्न सक्छन् कि तपाईं मनपर्छ । तर, ती केवल व्यक्तिहरू अभिव्यक्ति हुन्,' धर्मगुरु फ्रान्सिसले भने धर्मगुरु फ्रान्सिसले
तर, धर्मगुरु फ्रान्सिसले मेस्सी उत्कृष्ट खेलाडीमा दुई मत नरहेको बताए । धर्मगुरु फ्रान्सिसले थपे, 'पक्कै पनि मेस्सी उत्कृष्ट खेलाडी हुन् तर उहाँ परमेश्वर हुनुहुन्न ।'
शनिबार भएको खेलमा बार्सिलोनाले स्पानियोललाई २-० गोल अन्तरले पराजित गर्दा मेस्सी नायक बने । बार्सिलोनाको जितमा दुवै गोल मेस्सीले गरेका थिए ।