काठमाडौं । प्रदेश टोलीले खेल्ने यू-१६ स्कुल क्रिकेट प्रतियोगिता भोली (मंगलबार) बाट सुरु हुने भएको छ ।
आयोजक युवा तथा खेलकुद मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै ६ दिन चल्ने प्रतियोगिता मंगलबार सुरु हुने जानकारी गराएको हो ।
राष्ट्रिय खेलकुद परिषदको समन्वय तथा मदन भण्डारी स्पोर्ट्स एकेडमीको सहयोग हुने प्रतियोगितामा टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा ७ प्रदेशले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गर्दै लिग कम नकआउटका आधारमा खेल खेलाईने छ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश ३ र प्रदेश ४ ले प्रतिस्पर्धा गर्ने छन् । उद्घाटनको दिन एक खेल हुनेछ । त्यसपछि हरेक दिन दुई खेल हुनेछ ।
विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार बराबरको खेल सामग्री पुरस्कार पाउने छन् ।
प्रतियोगिता ३० ओभरको हुनेछ ।
यस प्रतियोगिताबाट थाइल्याण्डमा आयोजना हुने एसीसी यू-१६ इस्ट्रन रिजनका लागि खेलाडी छनोट गरिने छ ।
यस प्रतियोगीताको प्रदर्शनका आधारमा थाइल्याण्ड जाने टोलीका लागि २५ खेलाडी बन्द प्रशिक्षणमा बोलाईने राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटाले जानकारी गराए ।