एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) टिम मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा कारबाहीमा परेका छन् ।
आईपीएलले स्लो ओभर रेटको कारण रोहितलाई कारबाही गरेको हो । कारबाहीसंगै रोहितलाई आईपीएलले १२ लाख भारु जरिवाना समेत गरेको छ ।
३ पटकको बिजेता मुम्बईका रोहितले गत शनिबार किङ्गस इलाभेन पन्जाबविरुद्धको खेलमा बलिङमा ढिलाई गरेका थिए । जसको कारण रोहितलाई आईपीएलले कारबाही गरेको हो ।
'आईपीएलको नियम उलंघन गर्दै स्लो ओभर रेट गरेकाले सिजनको पहिलो कारबाहीमा मुम्बईका कप्तान परेका छन् । उनलाई भारु १२ लाख जरिवाना गरिएको छ ।' आईपीएलका पदाधिकारीले भनेका छन् ।
उक्त खेलमा पन्जाबले मुम्बईलाई ८ विकेटले हराएको थियो ।