एजेन्सी । अष्ट्रेलियाले पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।
आइतबार राति भएको पाँचौं तथा अन्तिम एकदिवसीयमा पाकिस्तानलाई २० रनले हराएर अष्ट्रेलियाले सिरिज ५-० ले क्लिन स्विप गरेको हो ।
दुबईमा अष्ट्रेलियाले दिएको ३२८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३०७ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका हरिस सोहिलले १३० रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाइन सकेनन् । यस्तै इमाद वासिम र शान मसुदले समान ५०/५० रनको अर्धशतकीय इनिङ्स खेले । उमर अकमल ४३ रनमा आउट भए । अष्ट्रेलियाका जासन पाउलले ३ विकेट लिए ।
यस टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभरमा ७ विकेट गुमाएर ३२७ रन जोडेको थियो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले ९८ रन जोड्दा ग्लेन म्याक्स्वेलले ७० रनको योगदान दिए । यस्तै शौन मार्शले ६१ तथा कप्तान आरोन फिन्चले ५३ रन बनाए ।
पाकिस्तानका उस्मान सिनवारीले ४ तथा जुनेद खानले ३ विकेट लिए ।