एजेन्सी । रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले म्यानचेष्टर युनाईटेडका पाउल पोग्बा आफुलाई निकै मन पर्ने खेलाडी रहेको बताएका छन् । प्रिमियर लिग क्लबका मिडफिल्डरको तारिफ गर्दै जिदानले मैदानमा सबै काम कसरी गर्ने भन्ने बिषयमा पोग्बालाई थाहा भएको भन्दै प्रशंसा गरेका छन् ।
२६ बर्षका पोग्बामाथि स्पेनिस महारथी क्लबका प्रशिक्षकले आखाँ लगाईरहेका छन् । पोग्बाले समेत हरेक खेलाडीको सपनाको क्लब मड्रिड रहेको बताएका थिए ।
‘मैले उनलाई ब्यक्तिगत रुपमा समेत चिन्छु ।’ स्पेनिस लिगको खेलाडी अगाडी फ्रान्सका पुर्व कप्तानले पोग्बाको बिषयमा भनेका थिए ।
‘उसले धरै चिज ल्याउन सक्छ । त्यहाँ निकै कम खेलाडी छन्, जसले उ जत्तिको गर्न सक्छ ।’ जिदानले थपेका छन् ।
पोग्बाले सन् २०१६ मा कीर्तिमानी मुल्यमा युभेन्ट्सबाट पुरानो क्लब म्यानचेष्टर युनाईटेडमा जोडिएका थिए । तत्कालिन प्रशिक्षक जोसे माउरिन्होसंगको सम्बन्धलाई लिएर उनको ओल्डट्राफोर्ड बसाई छोटो हुने अनुमान गरिएको थियो ।
माउरिन्होलाई बर्खास्त गर्दै ओले गुनर सोल्सायरलाई क्लबले जिम्मेवारी दिएपछि पोग्बा पछिल्लो समय आफुलाई प्रमाणित गरिरहेका छन् । विश्वकप विजेता टोलीका महत्वपुर्ण सदस्य रहेका उनले ९ गोल समेत गरेका छन् ।
‘उनी यस्ता मिडफिल्डर हुन्, जोसंग कसरी आक्रमण र कसरी रोक्नुपर्छ भन्ने ज्ञान छ ।’ जिदानले थपे ।
करिब १० महिनाको बिश्राम पछाडी जिदान रियल मड्रिडमा फर्किएका छन् ।
‘तर उनी मेरो खेलाडी होईनन् । उनी म्यानेचेष्टरमा छन् ।’ जिदानले प्रश्न गरे, ‘उनले सधै भनेका छन्, म्यानचेष्टर पछाडी मड्रिडनै उनको रोजाई हो भनेर । जब उनी म्यानचेष्टरमा अनुभव लिन्छन्, त्यसपछि उनी किन मड्रिड आउदैनन् त ?’