काठमाडौं । मेची नेत्रालय ट्रेनिङ सेन्टरले तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै मेची अन्तिम चारमा पुगेको हो ।
मेचीको जितमा अर्मान्डाले दुइ गाेल गरे । उनले खेलकेा ९० मिनेट र इन्जुरी समयमा गाेल गरेका थिए । यस्तै विशाल राईले खेलकेा ६१ अाै मिनेटमा एक गोल गरे । एक गाेल भने उपहार स्वरूप पायाे । नेपाल पुलिस क्लबका तेज तामाङले अात्माघाति गाेल गरेका हुन् ।
खेलकेा म्यान अफ दि म्याच मेचिका किशाेर गिरी भए । उनले नगद १० हजार प्राप्त गरे ।
अब मेचीले भारतको रोयल क्लब इष्ट बंगाल र क्यामरुनी क्लब दाउफिन्सबीचको विजेतासंग खेल्ने छ ।
प्रतियोगिताको विजेताले ६ लाख पाउनेछ । यस्तै उपविजेताले ३ लाख पाउने छ ।