एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा घरेलु टोली सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई जितका लागि २३२ रनको विशाल लक्ष्य प्रस्तुत छ ।
हैदरावादस्थित राजिब गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा २ विकेट गुमाएर २३१ रन बनायो ।
हैदरावादको फराकिलो स्कोरमा जोनी बेष्ट्रो र डेभिड वार्नरले शतकीय इनिङस खेले । पहिलो विकेटको लागि बेष्ट्रो र वार्नरले १ सय ८५ रनको साझेदारी गरेपछि हैदरावादले विशाल लक्ष्य खडा गरेको हो । उक्त साझेदारी आईपीएल इतिहास कै ठुलो स्कोरको साझेदारी हो ।
बेष्ट्रोले १२ चौका र ७ छक्काको मद्दतले ५६ बलमा १ सय १४ रन बनाउँदा वार्नरले ५ चौका र ५ छक्काको मद्दतले १०० रनमा अविजित रहे ।
बैंगलोरका लागि युजभेन्द्र चाहालले एक विकेट लिए ।
हैदरावाद दोस्रो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको हैदरावाद २ अंकसहित पाँचौ स्थानमा छ ।
यता, विराट कोहली रहेको बैंगलोर भने पहिलो जितको खोजीमा हुनेछन् । बैंगलोरले अघिल्ला दुई खेल नै गुमाएको थियो ।