काठमाडौं । नेपालको पहिलो फ्रेन्चाईज महिला क्रिकेट लिग एनसीएल वुमन्स टी–ट्वान्टी क्रिकेट लिगको खेलाडी किनबेच (अक्सन) सकिएको छ ।
आयोजक एनसीएल स्पोर्टस प्रालीले आइतबार आयोजना गरेको अक्सनबाट सहभागी ४ टोलीले खेलाडी अनुबन्ध गरेको छ । चारै टोलीले अक्सनबाट १३/१३ खेलाडी अनुबन्ध गरेको छ । अक्सनमा ८० खेलाडी रहेका थिए ।
अक्सनमा राष्ट्रिय टिमका खेलाडीले सर्वाधिक मुल्य पाएका छन् । अक्सनबाट १० खेलाडीले सर्वाधिक मूल्य पाएका छन् ।पहिलो श्रेणीमा रहेका उनीहरु अधिकतम मूल्य ७५ हजारमा बिक्रि भएका छन् ।
अक्सनबाट काजल श्रेष्ठ, ईन्दु वर्मा, सरिता मगर, रोमा थापा, सोनु खड्का, ज्योति पाण्डे, अप्सरी बेगम, विन्दु रावल, ममता चौधरी र कविता कुँवरले अधिकतम मूल्य पाएका छन् । अधिकतम मूल्य पाएका अधिकांस खेलाडीहरु लक्की ड्रबाट छानिएका हुन्।
अक्सनमा पहिलो श्रेणीका खेलाडीको न्युनतम मुल्य ४० देखि अधिकतम ७५ हजार रुपैयाँ रहेको थियो । यस्तै दोस्रोको २५ देखि ५० हजार र तेस्रो श्रेणीका खेलाडीको १५ देखि २५ हजार मुल्य रहेको छ ।
प्रतियोगितामा विराटनगर रोअरिङ लायन्स,भैरहवा क्विन्स,काठमाडौं सुपर च्याम्पियन र धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता विराटनगरको बैजनाथ क्रिकेट मैदानमा बैशाख ७ देखि १४ गतेसम्म हुनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।
प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समत पुरस्कार पाउने आयोजकले जनाएको छ ।
अक्सनबाट बिक्रि भएका खेलाडी र मूल्य :
विराटनगर रोअरिङ लायन्स
करुणा भण्डारी (मार्की)
काजल श्रेष्ठ -७५ हजार
अन्जली चन्द-५० हजार
कृतिका मरासिनी -२५ हजार
अनुराधा चौधरी- ३५ हजार
अस्मिना कर्माचार्य -३५ हजार
सन्जु तामाङ-१५ हजार
सुस्मा श्रेष्ठ -२५ हजार
अप्सरी बेगम-७५ हजार
सरस्वती पुन -५० हजार
रितु कुमारी कोनुजिया -६५ हजार
डोली भट्ट -४० हजार
प्यारी चौधरी -२५ हजार
राज मति ऐरी - १५ हजार
भैरहवा क्विन्स
रुबिना क्षेत्री (मार्की)
सरस्वती चौधरी -४० हजार
नितु भण्डारी -३३ हजार
सोनु खड्का -७५ हजार
एलिसा केसी -४७ हजार
इन्दु वर्मा -७५ हजार
कबिता जोसी -५० हजार
रस्मी शर्मा चौलागाई -५० हजार
बिन्दु रावल -७५ हजार
लक्ष्मी साउद - १५ हजार
ममता थापा - २५ हजार
सन्तोषी कुमारी चौधरी - १५ हजार
सर्मिला रोक्का - २५ हजार
नविना खड्का - १५ हजार
काठमाडौं सुपर च्याम्पियन
नेरी थापा (मार्की)
सुमन खतिवडा -५० हजार
ममता चौधरी -७५ हजार
ईश्वरी विष्ट -१५ हजार
रेवती धामी -५० हजार
सरिता मगर -७५ हजार
रोमा थापा -७५ हजार
सुमन विष्ट -५० हजार
कृति सेन -२५ हजार
मन्जु कुमारी बोगटी-५० हजार
गीता गोशाई - २५ हजार
सिमा थापा - १५ हजार
लक्ष्मी चौधरी -४० हजार
शान्ति चौधरी - २५ हजार
धनगढी वन्डर वुमन
सिता राना मगर (मार्की)
रुवी पोडार -२५ हजार
कविता कुँवर -७५ हजार
मनिषा राना -२५ हजार
ज्योति पाण्डे -७५ हजार
सवनम राई -७० हजार
संगिता राई -४० हजार
रेखा रावल -५० हजार
सिमा कुमारी कुँवर - १५ हजार
रोशनी बोहरा - २५ हजार
कन्चन श्रेष्ठ - १५ हजार
निशा भट्ट -१५ हजार
अश्मिता खरेल - २५ हजार
आरती बिडारी - ४० हजार