काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरण खेल्न म्यानमार जाने नेपालकाे राष्ट्रिय महिला फुटबल टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघले (एन्फा)ले आईतबार एक कार्यक्रमकाबीच महिला फुटबल टोलीकाे बिदाई गरेको हो ।
कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले छनाेट प्रतियाेगितामा महिला टिमले इतिहास रच्ने विश्वास रहेकाे बताए । उनले नेपाली महिला टोलीले म्यानमारमा राम्राे प्रर्दशन गर्ने कुरामा आफु आशावादी भएको धारणा राखे ।
नेपाली राष्ट्रिय महिला फुटबल टोली दिउँसो ३ बजे म्यानमार प्रस्थान गर्नेछन् ।
ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसंग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । नेपाल सम्मिलित समुहमा आयोजक म्यानमार सहित भारत र इन्डोनेशिया छन् ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक म्यानमार, दोस्रो खेलमा भारत र अन्तिम खेलमा इन्डोनेशियाको सामना गर्नेछ ।
नेपालले अप्रिल ३ मा पहिलो खेलमा म्यानमारसंग खेल्नेछ ।
त्यस्तै अप्रिल ६ मा भारत र अप्रिल ९ मा ईन्डोनेसियासंग खेल्नेछ ।
समुहको शीर्ष स्थानमा रहने टिम अघिल्लो चरण प्रवेश गर्नेछ ।
महिला टिमकाे नामावली :
गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ ।
डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मन माया लिम्वु ।
मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी ।
स्ट्राइकर : रेखा पौडेल, निरु थापा कप्तान, सावित्रा भण्डारी, ।