काठमाडौं । नेपालको पहिलो फ्रेन्चाईज महिला क्रिकेट लिग एनसीएल वुमन्स टी–ट्वान्टी क्रिकेट लिगमा राष्ट्रिय टिमका खेलाडीले सर्वाधिक मुल्य पाएका छन् ।
आईतबार भएको खेलाडी खरिद बिक्रीमा राष्ट्रिय टिमका सदस्यलाई सर्वाधिक ७५ हजार रुपैयाँसम्म मुल्य लागेको छ ।
राष्ट्रिय टिमकी सदस्य ईन्दु वर्मा, काजल श्रेष्ठ, सरिता मगर, रोमा थापा र सोनु खड्कालाई सर्वाधिक ७५ हजार रुपैयाँमा किनिएको छ । त्यस्तै, ज्योति पाण्डेलाई समेत धनगढी वन्डरले सर्वाधिक ७५ हजार रुपैयाँमा खरिद गरेको छ ।
मध्यान्तरसम्म बिक्री भएका खेलाडीको मुल्य ।
विराटनगर रोअरिङ लायन्सका खेलाडी :
काजल श्रेष्ठ ७५ हजार
अन्जली चन्द ५० हजार
कृतिका मरासिनी २५ हजार
अनुराधा चौधरी ३५ हजार
अस्मिना कर्माचार्य ३५ हजार
सन्जु तामाङ १५ हजार
सुस्मा श्रेष्ठ २५ हजार
भैरहवा क्विन्सका खेलाडी :
सरस्वती चौधरी ४० हजार
नितु भण्डारी ३३ हजार
सोनु खड्का ७५ हजार
एलिसा केसी ४७ हजार
इन्दु वर्मा ७५ हजार
काठमाडौं सुपर च्याम्पियनका खेलाडी :
सुमन खतिवडा ५० हजार
ममता चौधरी ७५ हजार
ईश्वरी विष्ट १५ हजार
रेवती धामी ५० हजार
सरिता मगर ७५ हजार
रोमा थापा ७५ हजार
धनगढी वन्डरका खेलाडी :
रुवी पोडार २५ हजार
कविता कुँवर ७५ हजार
मनिषा राना २५ हजार
ज्वोती पाण्डे ७५ हजार
सवनम राई ७० हजार
अक्सनमा पछिल्लो दुई बर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ । दुई बर्षयता टिम बाहिर रहेका खेलाडीलाई दोस्रो श्रेणीमा राखिएको छ । क्षेत्रीय एवंम जिल्ला स्तरीय र क्लब स्तरका खेलाडीलाई तेस्रो अथवा सी श्रेणीमा समावेश गरिएको छ ।
खेलाडीको अक्सन मुल्य सोही श्रेणी अनुसारको रहेको छ । पहिलो श्रेणीको न्युनतम मुल्य ४० देखि अधिकतम ७५ हजार रुपैयाँ रहेको छ । दोस्रोको २५ देखि ५० हजार र तेस्रो श्रेणीका खेलाडीको १५ देखि २५ हजार मुल्य रहेको छ ।