एजेन्सी । बोरुसिया हर्टमण्ड जर्मन बुन्डेशलिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा उल्भ्सवर्गलाई २–० ले हराउँदै बोरुसियाले शीर्ष स्थानमा पुनरागमन जनाएको हो ।
वायर्न म्युनिख बराबरीमा रोकिदाँ त्यसको फाईदा डर्टमण्डलाई पुग्यो ।
पको अल्केसरले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै डर्टमण्डलाई महत्वपुर्ण तीन अंक दिलाए ।
खेलको अन्तिम मिनेटमा पहिलो गोल गरेका उनले ईन्जुरी समयमा अर्को गोल थपेका थिए ।
लिगमा ९ खेल बाँकी रहदाँ डर्टमण्डले दुई अंकको अग्रता लिन सफल भएको छ । वायर्न र डर्टमण्ड अर्को हप्ता एलिनाज एरिनामा भिड्दैछन् ।
फ्रिकिकमा ९० औ मिनेटमा पहिलो गोल गरेका उनले जाडोन सान्चेको बलको दोस्रो गोल गरेका थिए ।
डर्टमण्डले ६३ अंक सहित शीर्ष स्थान कब्जा गर्दा वायर्न ६१ अंक सहित दोस्रो स्थानमा छ ।
उल्भ्सवर्ग ४२ अंक सहित आठौं स्थानमा छ ।