एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १८६ रनको लक्ष्य दिएको छ ।
दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा कोलकत्ताले पुरै २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनायो । खराब सुरुवात गरेको कोलकत्ताका लागि आन्द्रे रसेल र कप्तान दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेले ।
रसेलले ६२ तथा कप्तान दिनेशले ५० रन बनाए । यस्तै क्रिस ल्यानले २०, पियुस चावलाले अविजित १२, रोबिन उथप्पाले ११ तथा कुलदीप यादबले अविजित १० रन जोडे ।
दिल्लीका हर्सल पटेलले २ तथा सन्दीप लामिछाने, अमित मिश्रा, कागिसो राबडा र क्रिस मोरिसले एक/एक विकेट लिए ।
कोलकत्ताविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए । यस्तै सन्दीपले एक खेलाडीलाई रन आउट गराए ।
आज दुवै निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
दिल्लीले दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । कोलकत्ता भने दुवै खेलमा अपराजित रहेको छ ।
कोलकत्ताले अपराजित यात्रालाई निरन्तरता दिने कोशिस गर्नेछ । दिल्ली भने दोस्रो जितको खोजीमा हुनेछ ।