एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आफ्नो पहिलो खेलमा उत्रिएका नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।
दिल्ली क्यापिटल्सबाट तेस्रो खेलमा मौका पाएका सन्दीपले आफ्नो तेस्रो ओभरमा कोलकत्ता नाइटराईडर्सका सुबमन गिललाई रन आउट गराएका छन् । तेस्रो ओभरको पहिलो बलमा कागिसो राबडाले चौका हुनबाट जोगाएको बललाई हर्सल पटेलले उपलब्ध गराएको बलमा स्ट्यम्प नजिक रहेका सन्दीपले स्ट्यम्प झार्दै गिललाई रन आउट गरे ।
यसअघि सन्दीपले तेस्रो ओभरको चौथो बलमा निखिल नायकलाई बोल्ड गरेका थिए ।
उनले पहिलो ओभरमा किफायति बलिङ गर्दै मात्र एक रन खर्चिएका थिए ।
उनले दुई ओभर बलिङ गर्दा ७ रन खर्चिएर एक विकेट लिन सफल भएका छन् ।
दिल्लीले आईपीएलको तेस्रो खेलमा आएर नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई मौका दिएको हो । उनी दिल्लीका अघिल्ला दुई खेलमा प्लेईङ सेट बाहिर रहेका थिए ।