काठमाडौँ । टेकबहादुर बुढाथोकीले ह्याट्रिकमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको उद्वघाटन खेलमा आर्मीले काठमाडौंको चर्च ब्वाईज युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीको सहज जितमा टेकले ह्याट्रिक र सन्तोष तामाङ र कप्तान भरत खवासले एक÷एक गोल गरे ।
एक पक्षिय खेलमा आर्मीले पहिलो हाफमै दुई गोल गर्याे । २४ मिनेटमै टेक बहादुर बुढाथोकीको गोलबाट आर्मीले अग्रता लिएको थियो । दोस्रो गोल खेलको ३० औ मिनेटमा गरेको थियो । भर्खरै राष्ट्रिय टिमबाट कुवेतविरुद्धको खेलमा डेब्यु गरेका सन्तोष तामाङले गोल गरेका थिए ।
खेलको ५२ मिनेटमा गोल गर्दै टेकबहादुर बुढाथोकीले खेल ३–० को स्थितीमा ल्याएका थिए । ८२ औ मिनेटमा ह्याट्रिक गर्दै टेकले आर्मीलाई ४–० को अग्रता दिलाएका थिए । खेल सकिन ४ मिनेट अगाडी कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई फराकिलो जित दिलाए ।
आर्मीले अब सेमिफाईनलमा एलेभन एरोज क्लब दुहबी र रुस्लान थ्रीस्टार क्लबबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको फाइलन खेल चैत्र २३ गते हुनेछ ।
भोली आइतबार नेपाल पुलिस र मेची नेत्रालय ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ६ लाख पाउनेछ । यस्तै उपविजेताले ३ लाख पाउने छ ।