एसियन गेम्स र साफ सुजुकी कप फुटबलको लागि नेपालले तयारी सुरु गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक कोजी ग्योतुकुले पहिलो चरणमा ५५ खेलाडी बोलाएका छन् ।
नेपालले केहि दिनमा एसियन गेम्सको लागि ५५ खेलाडीबाट २० सदसिय टोली र साफको लागि २३ सदसीय नेपाली टोलीको घोषणा गर्ने छ । एसियन गेम्समा नेपालले ओलम्पिक नियम अनुसार यू -२३ टोली छनोट गर्ने छ । जसमा ३ जना सिनियर खेलाडी रहने छन् ।
एसियन गेम्स र साफ कपको लागि नेपालले बल गोपाल महर्जनलाई सहायक प्रशिक्षक र नविन महर्जनलाई गोलकिपर प्रशिक्षक चयन गरेको छ ।